हेटौंडाः चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । चैत्र १३ गतेबाट सुरु हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक टिम, बागमती खेलकुद विकास समिति र नव जनजागृती युवा क्लब सिमरा भिड्ने भएका छन् ।

बागमती गोल्डकपमा थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागि छन् ।

बागमती गाउँपालिकाको जनता माविको खेल मैदानमा गोल्डकपको आयोजना गरिनेछ । फाइनल खेल चैत्र २३ गते हुनेछ । खेलको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।