हेटौंडाः मकवानपुर प्रहरीले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चेक अनादर मुद्दामा हेटौंडा–३ का २५ वर्षीय आदर्श पुडासैनी, सवारी ज्यान मुद्दामा हेटौंडा–११ का ४८ वर्षीय विनोद बानियाँ र सवारी ज्यान मुद्दामै हेटौंडा–१६ का ४९ वर्षीय दिलबहादुर कोइरालालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला अदालत मकवानपुरको फैसलाले चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका पुडासैनीलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालत धादिङको २०६१ साल जेठ १८ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ११ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका बानियाँलाई बुधबार हेटौंडा–११ बाट पक्राउ गरेको हो । यस्तै जिल्ला अदालत पर्साको २०६४ साल साउन २१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दुई हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका कोईरालालाई पनि प्रहरीले बुधबार नै पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनैजनालाई जिल्ला अदालतमा हाजिरी गराउने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।