हेटौंडाः हेटौंडा–२ स्थित बनस्खण्डी मन्दिर पर्यटन विकास समितिको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अतिथि शिक्षासेवी पुरनबहादुर जोशीले समाजसेवीलाई समाजले सम्मान दिने बताउनुभयो । उहाँले समितिले आफ्ना गतिविधिहरुलाई अझै पारदर्शी बनाउँदै हेटौंडाको पर्यटन विकासमा टेवा पुर्‍याउन आग्रह गर्नुभयो ।

साधारणसभामा मन्दिर समितिले गत आर्थिक वर्षमा ८ लाख ७५ हजार ८५ रुपैयाँ आम्दानी गरेको र .१० लाख ८८ हजार ५ सय ८८ रुपैयाँ खर्च गरेको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बनस्खण्डी मन्दिर पर्यटन विकास समिति अध्यक्ष राममान श्रेष्ठ, समाजसेवी सीताराम बर्तौला, वनस्खण्डी देवी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष भवसागर श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य महेश्वरमान श्रेष्ठ, समाजसेवी तथा नलेज भिजेल नेपालका सञ्चालक सुदर्शनप्रसाद अधिकारी, टोल विकास संस्था २ नम्बर वडा समन्वय समिति अध्यक्ष मनिषा घरे, सल्लाहकार शम्भु नकर्मी लगायतको आतिथ्यता रहेको थियो ।