हेटौंडाः नेपाल शिक्षक संघ राक्सिराङ गाउँपालिका समितिको तेस्रो प्रतिनिधिसभा बैठक सम्पन्न भएको छ । नेपाल शिक्षक संघ राक्सिराङका अध्यक्ष राजु रेग्मीको सभाध्यता तथा संघ बागमती प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यतामा प्रतिनिधिसभा बैठक सम्पन्न भएको हो ।

राक्सिराङ गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण प्रजा विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नेपाल शिक्षक महासंघ मकवानपुरका सचिव राजु गौतम, नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका सभापति वीरेन्द्र जिम्बा, नेपाल शिक्षक संघका संघीय प्रतिनिधि राजेश घिमिरे, श्वेता कोइराला, नेपाल शिक्षक महासंघ राक्सिराङका अध्यक्ष मिथुन रुम्बा, बाबुलाल घलान, उमेश मुक्तान, हरि प्रजा, दीपेन्द्रकुमार झालगायतको आतिथ्यता थियो । करिब एक सय ३० जना शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन परित्याग गरी नेपाल शिक्षक संघमा प्रवेश गरेका शिक्षकहरुलाई स्वागत गरिएको थियो ।