म्यान अफ द म्याच ४ नम्बर वडाका अनिष महर्जनलाई ट्रफी प्रदान गर्नुहुँदै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा ।

हेटौंडाः हेटौंडामा जारी मेयरकप फुटबल प्रतियोगितामा आइतबार हेटौंडा ४ र ७ नम्बर वडा विजयी भएको छ । पहिलो खेलमा ४ नम्बर वडाले २ नम्बर वडालाई ४–१ गोलअन्तरले पराजित गर्‍यो भने ७ नम्बर वडाले ३ नम्बर वडालाई ४–० गोलअन्तरले पराजित गरेको छ ।

आइतबार भएको पहिलो खेलमा ४ नम्बर वडाका अनिष महर्जनले २ गोल गरे । महर्जन म्यान अफ द म्याच घोषित भए । ४ नम्बर वडाका लागि विवेक देउलाले १ गोल गर्दा अर्को १ गोल भने २ नम्बर वडाले आत्मघाती गोल गर्‍यो ।

यसैगरी आइतबार नै भएको दोस्रो खेलमा ७ नम्बर वडाले ४–० गोलअन्तरले ३ नम्बर वडालाई पराजित गरेको छ । ७ नम्बर वडाका लागि सुजन कुमार थापाले २ गोल गरे । थापा म्यान अफ द म्याच घोषित भए । खेलमा अमित लामा ब्लोन र सुजल श्रेष्ठले एक÷एक गोल गरे ।