वृञ् वरणयोः धातुबाट व्रत शब्द सिद्ध हुन्छ । अर्थ सम्बन्धी विचार गर्दा जुन कुरा संकल्प गर्नु या चाहना राख्ने व्यक्तिको इच्छामा निर्भर रहन्छ । त्यसैलाई व्रत भनिन्छ । व्रत परम्परागत रुपमा एक पुस्तादेखि अर्काे पुस्तासम्म हस्तारण हुँदै आएको देखिन्छ । सर्वप्रथम व्रतलाई मन्त्रद्रष्टा ऋषिहरुले साक्षत्कार गरेका थिए । व्रतका सम्बन्धमा ऋग्देव, अर्थर्बवेद ज्यर्निष्द आदिमा पनि उल्लेख भएको पाइन्छ । सार्थ शुक्लयजुर्वेद वाजसने यसंहिता पनि व्रतका बारेमा लेखिएको छ ।
यस मत्र्यमण्डल वा पृथ्वीमण्डलमा द्धिवताका प्रत्यक्ष रुपमा अग्नि र सूर्यलाई मानिएको छ । अग्नि र सूर्यले नै सम्पूर्ण व्रतहरुको रक्षा गर्ने यिनीहरुलाई व्रतया भनेर पुरदिन्छ । शास्त्र र शास्त्रकारहरुले विघान गरेको जो नियम छ । त्यो व्रत हो र त्यो तयोमय हुन्छ । व्रत अनुष्ठान आदि गर्दा गरिने जुन रन्द्रियदमन आदि क्रिया छन् ती पनि व्रतकै अंग मानिन्छ । व्रत अनुष्ठान दुई किसिमबट सम्पादन र गरिन्छ ।, ती मध्ये एक हो, मानसिक संकल्प अनुसारको इच्छा पुरा गर्ने र अर्काे हो, प्रायश्चिताद्ररा पाय वो दोष जिवारण गर्ने । मानसिक संकल्प अनुसार गरिने व्रतको सम्बन्ध देव देवीको र्कपा प्राप्त गरी अभीष्ट उपलब्धी गर्नुमा छ भने पछिल्लो प्रायश्चितद्रारा पाय वा दोष निवारण लागि गरिने व्रतले लागेको वा गरेको पाय वा दोष छुटाईने काम गर्दछ । यसरी यी दुवैले व्रतानुष्ठानपूर्वक गरिने व्रतका विषनयलाई मनुष्य जीवनमा गरेको देखिन्छ ।
श्रीसूर्य उत्तरायण भएपछि माघ महिनाको सुरुवात हुन्छ । मासत्थयी माघ महिना त्यस्ते व्रतानुष्ठान पूरा गर्ने महिना हो । पौष शुक्ला पूर्णिमा देखि आरभ्म गरेर माघशुक्ला पूर्णिमा समाप्त गरिने यस व्रतलाई स्वस्थानी व्रत भन्छिन । यस व्रतका उपास्य देव देखि हुन श्री महादेव र स्वस्थानी । पध्मपुराण केदारखण्ड माघमहात्म्य अन्तर्गत वर्णन भएको यस व्रतको महिलो अनुष्ठान हैमवती पार्वतीले सम्पल गरेर आफ्नो अभीष्टसिद्धि वा ईच्छापूर्ति रुप महादेवलाई पति रुपमा प्राप्त गरेकी थिइन पछि त्यसको अनुकरण नागनागिनीहरुले गरे जसको प्रतिफल धेरैकालेदखि बिछोड भएका पतिहरुसँग भेट गर्ने संयोग अवसर पाए । त्यही क्रममा विद्यवाव्रामणी गोमाले विदेशीएका छोरीसित भेट गरी राजमाता बन्ने सौभाग्य पाइन भनमे स्वस्थानीलाई निन्दा गर्ने चन्द्रावती कुष्ठरोगले ग्रस्त बनी ठूलो दुर्गतिमा परिन् । पछि गएर पश्चस्तापूर्वक आसराको संसर्गे स्वस्थानी व्रतकै अनुष्ठानबाट रानी पद प्राप्त गर्न सफल भइन् ।
महिमाबोध गराउने रुपमा उदाहरण स्वरुप प्रस्तुत भएका यी कथाल असंहय नर नारीलाई प्रभाव पारेको छ र प्रेरणा प्रदान गरेको छ । त्यसैले अहिले पनि आस्था र विश्वास अनुसार यस व्रतको अुनष्ठान गर्ने हिन्दु नारीहरु प्रशस्तै पाइन्छन् । कुमारी हुन वा विवाहित जोसुकै सम्बन्धमा भनिएको छ वैघव्य दोष हरण गरी आफ्नो स्थितीमा सुस्थिर रहख्न सहयोग पुर्याउनु स्वस्थानी व्रतको उद्देश्य वा लक्ष्य हो । अर्काे विचारणीय पक्ष कुरा के छ भने राजनैतिक दृष्टिले हाम्रो भौगोलिक सीमा जत्रो छ साँस्कृतिक दृष्टिले त्यसभन्दा ठिक सीमासम्म यसको विस्तार भएको पाइन्छ तर स्वास्थानीको कथानक, पात्रहरुले चत्रिण एंव स्वभाव सम्बन्धमा विचार गर्दा के कुरा छर्लड्ड हुन्छ भने यी कुरा पोराणि भैकन पनि हाम्रा घर आँगमा घटेका र घट्न सक्ने जस्ता भान हुन्छन् ।
पर्वती पुत्र कुमार र अगस्त्य श्रषिको संवादद्रारा अघि बढ्ने यस कथामा प्रमुखम नायक नायिका शिव र पार्वती वहाँ विभिन्न नामले छरिएर रहेका पीठस्थ प्रसिद्ध देव देवी छन् । असमयमा त्याग गर्ने सतीको निर्जीव शरीर दाम्पत्य प्रेमले आकर्षित बनी बोकेर भोतारिने शिवले विचरण गरिएका बहुसंख्यक ठाउँ यहाँ छन् । दाम्पत्य स्नेहको मायाको परीक्षण रुपमा मनोरञ्जन लागि शिवले धारण गरेको किराँतेश्वर स्वरुप लिई विचरण गरिएको श्लेष्मान्तकवन पनि यहाँ प्रत्यक्ष गर्न सकिन्छ ।
हरिहरको कुपा प्राप्त गरी राजा बन्ने वनराजकी पानी वा पानी चन्द्रवतीको उद्धार भएको शालीनदी काठमाडौं उपत्यकाको पूर्वी भेगमा पर्दछ । जहाँ धेरै संस्थाका नारीहरु विविध किसिमका आन्तरिक संकल्पले प्रेरित भई सौभाग्य सूचक राता वस्त पहिरिएर अहिले पनि व्रत बस्ने गरेका पाइन्छन् । त्यति मात्र होइन यहाँका कैयौं परिवारमा शिवभट्ट ब्रामण र सती ब्रामणीका प्रतिनिधिहरुले देवदेवीको आराधना उपासना गरी ईच्छा सिद्धिको चाहना राखेको पाइन्छ भने दुर्भाग्यवश वैद्यव्य जीवनलाई जसोतसो धकेलेर र समय गुनार्ना बाध्य भएका गोमाहरु पनि थुप्रै भेटिन्छ । जीवन गुजाराको जुटाउन र नवजीवनको कौटक भेटन पनि विदेशिने नवराज जस्ता छोरा र चन्द्रवती जस्ता बुहारीले परित्इक्ताहरुले पनि आश पाशमा बाँधिएर जसोतसो निर्वाह गर्दैछन् । यहाँ का कैयौं घर पिंडीमा टुक्रक्क बसेका शिवशर्मालाई टुप्लुक्क देख्न सकिन्छ । घर र माइतको आनकाान विषमतालाई पुरै पचाएर घरजम सम्हाल्ने नारी कथा पनि स्वथानी क्षेत्रफल मान्नु पर्दछ ।
लोककल्याण लागि सती वृन्दाको श्राम शिरमा थपी विभिन्न आकार प्रकार एंव नामका शिला बनेका शालिग्राम विष्णुका शिला मूर्ति र घाँस रुपमा कुश झार रुप तुलसी र वृक्षरुप पीपलको पनि यहाँ प्रशस्तै दर्शन स्पर्शन गर्न पाइन्छ । गोविन्द माधव जस्ता पवित नाम उच्चारण गरी महिनाभर माघे यात्रा चलाउने चलन पनि यहाँ चलेकै छ । यो कुरा सदरमुकाम जस्तो ठाउँमा मात्र होईन पहाडी, हिमाली कुनाकप्चामा पनि प्रचलित छ ।
यति सब छनहुँदै पनि हजुर जुन त्रिपुरासुर एंव तारकासुरको विप्लवकारी कथा हामी स्वस्थानी सुन्र्छाे तिनले आजभोलि मानवकै रुप लिएर आई सामाजिक क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हानि पु¥याई रहेका छन् र पुर्याउने पनि छन् र त्यसैले त्यस्ता व्यक्तिहरुको मन मस्तिक र शरीर बललाई परास्त गर्न हामीले आफूमा शिव र मार्वती रुपले सुदृढ बन्नु पर्दछ । र आत्म कमजारी हटाउनु पर्दछ, त्यसो गरेमा हामी सामाजिक हित मात्र नभई आत्मोत्थानमै पनि अघि बढ्न सक्ने छौं र स्वथान स्थिती हेतुकम् भन्ने अंशुले लिएको जुन ध्योय हो त्यसलाई पूर्ण गर्ने छौं भन्दै यो लेखलाई यही अन्तय गर्दछु । अस्तु