घिमिरे परिवारले प्रदान गरेको न्यानो कपडा (स्वेटर) लगाएका विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा–५ स्थित पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे र फुटबल खेलका प्रशिक्षक सुविन घिमिरेले बुबाको स्मृतिमा मकवानपुरगढी गाउँपालिका–४ स्थित मनकामना आधारभूत विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) सहयोग गरेका छन् ।

घिमिरे दाजुभाई परिवारसहित विद्यालय पुगेर सोमबार विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् । तीन महिनाअघि घिमिरे दाजुभाईका बुबा सुदर्शन घिमिरेको निधन भएको थियो । बुबाको स्मृतिमा विपन्न परिवारका बालबालिकालाई सहयोग गरिएको सुविन घिमिरेले जानकारी दिनुभयो ।