सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ की श्रीमाया गोलेको हत्या आशंकामा श्रीमायाका श्रीमान् देवराज गोलेलाई प्रहरीले पक्राउ गरेको छ । ४६ वर्षीया श्रीमाया घरमै मृत अवस्थामा भेटिएको र मृतकको शवको अवस्था हेर्दा हत्या भएको आशंकामा प्रहरीले देवराजलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाको कमाण्डमा घटनाको अनुसन्धान टोली खटिएको मकवानपुर प्रहरीले जनाएको छ ।