हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले गरेको ठुला ठुला योजनाहरु जनताले चुनेर गएको सांसदहरुलाई नपचेको बताउनुभयो । आफ्नो जिल्लामा विकास भइरहेको देख्न नसक्ने सांसदहरुले प्रदेश सरकार अर्थात मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री डोरमिण पौडेलले विकास विरोधीहरु नेताहरुलाई जनताले अब चिन्नुपर्ने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको मकवानपुरका नेपाली कांग्रसले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेको तर आफ्नै दलको मकवानपुरबाटै चुनिएका सांसदहरु मुनु सिग्देल, प्रेम बहादुर पुलामी र कुमारी मोक्तानले सरकारलाई फेल गराउन हस्ताक्षर गरेको भन्दै मकवानपुरको लागि यो सबैभन्दा ठुलो घातक भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले ठिक र बेठिक छुट्टाउने खुबि आफैसँग भएको भन्दै संघीयतालाई बचाउने जिम्मा हामी सबैको भएको बताउनुभयो । बिहीबार नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको मोर्चा संगठनको आयोजनामा भएको भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सरकारले उठाएको कदम गलत नभएको भन्दै गलत प्रचार गरिएको बताउनुभएको थियो ।
युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको भेलामा नेकपाका केन्द्रिय सदस्यहरु रघुनाथ खुलाला, रामेश्वर राना, मधुसुधन सापकोटा, महेश बत्तौला, संविधान सभा सदस्य अनन्त पौडेलल, राजाराम ठकुरी, युवा संघका केन्द्रिय सहसंयोजक रमेश पौडेल, पूर्व प्रतिनिधि सभा सदस्य कृष्ण दाहाल लगायत नेकपा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।