हेटौंडाः राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज बिहीबार र भोलि शुक्रबार दुईदिन देशैभर भिटामिन ए र जुकाको औषधी खुवाइँदैछ । भिटामिन ए र जुकाको औषधीसँगै बालभिटा पनि वितरण गरिने बताइएको छ ।
मकवानपुरका सबै खोप केन्द्रमा भिटामिन ए र जुकाको औषधी सँगसँगै बालभिटा पुर्याइएको जिल्ला स्वास्थ्य कार्यालयकी अधिकृत अम्विका पाण्डेले जानकारी दिनुभएको छ । बालबालिकाहरुलाई ६/६ महिनामा भिटामिन खुवाउने गरेको छ । बैशाख र कार्तिकमा भिटामिन ए र जुकाको औषधी खुवाउँदै आएको थियो । यस बर्ष कोरोना भाइरसको महामारीका कारणले गर्दा असारको भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम असार २४ र २५ गते र मंसिर ११ र १२ गते खुवाउन लागिएको हो ।
जुकाको औषधी १ बर्षदेखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई र ६ महिनादेखि ५ बर्षका बालबालिकाहरुलाई भिटामिन खुवाउने गरिएको छ । भिटामिन ए जिल्लाका ४२ हजार बालबालिकालाई खुवाइने र जुकाको औषधी ४७ हजार बालबालिकालाई खुवाउने पाण्डेले बताउनु भएको छ । जिल्लाभर चार सय ६१ जना स्वास्थ्य स्वयम्सेविकाहरु परिचालित हुने उहाँले बताउनु भएको छ ।