हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्यालयहरुका प्रधानाध्यापक, शिक्षक र लेखापालहरुलाई प्रविधिसँग अपडेट गराउने भएको छ । गाउँपालिकाले प्रविधिमा दखल बनाउन शिक्षकहरुका लागि १५ दिने सूचना तथा सञ्चार प्रविधि (आईसिटि) तालिम आजबाट सञ्चालनमा ल्याएको छ ।
प्रविधिमैत्री शैक्षिक प्रशासन बनाउने उद्देश्यका साथ मकवानपुरगढी गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन भएको हो । आइसिटि तालिममा गाउँपालिकाका प्रावि र मावि तहका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र लेखापाल गरी २५ जनाले सहभागिता जनाएका छन् । भर्चुअल माध्यमबाट १५ दिनसम्म तालिम सञ्चालन हुनेछ । १५ दिनसम्म प्रशिक्षक श्रवण श्रेष्ठले सहजीकरण गर्नुहुने जनता माविका प्रधानाध्यापक होम बहादुर नेपालीले बताउनु भयो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम बहादुर घलानको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको थियो ।