सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको राक्सिराङ–३, मैनाटारमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ग. १ ज. ७१७५ नम्बरको बोलेरोको ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परी बोलेरोमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा स्थानीय १३ बर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइवा छन् । दुर्घटनामा घाइते भएका २७ बर्षीय सुजन शाहीलाई भने थप उपचारका लागि भरतपुर पठाइएकोे प्रवक्ता रानाले जानकारी दिनुभयो ।