हेटौंडाः पशुपालक कृषकले उत्पादन गरेको दुधको खपत बढाउने र मिल्क होलिडेको अवस्थालाई रोक्न प्रदेश सरकारको लगानीमा हेटौंडामा पाउडर दुध उद्योग बन्ने भएको छ । बागमती प्रदेश सरकारको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले धुलो दुध उद्योग स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो ।
४५ करोड रुपैयाँ लागत अनुमान गरेर निर्देशनालयले ठेक्का आव्हानको प्रक्रिया सुरु गरेको छ । हेटौंडा–१०, न्यूरेनीमा उद्योग स्थापनाका लागि प्रदेश दुग्ध विकास वोर्डमार्फत काम भइरहेको छ । चालु आर्थिक वर्षका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । दैनिक ५ टन पाउडर दुध उत्पादन क्षमताको उद्योग स्थापना गर्न लागिएको प्रदेश दुग्ध विकास बोर्डका अधिकृत सत्रुघन साहले जानकारी दिनुभयो । पाउडर दुध उद्योगका लागि २ बिगाहा जमिन छुट्याइएको छ ।