सिएम रिमाल हेटौंडा

अहिले संसारमा कोरोनाको महामारी बढिरहेको छ । यसले जनजीवनमा पुर्‍याएको असर र यसप्रति मानिसले भोग्नुपरेको समस्याले गर्दा जनजीवन त्राषदिपूर्ण बनिरहेको गाउँ र शहरलाई तुलना गर्दै सिएम रिमाल लेख्नुहुन्छ,,,,,

गोधुली साँझमा
मुस्कान पस्कँदै
स्वस्थ हावा सुसेली
हरियाली ओढाउन
घर आँगन टुप्लुक्क पुग्ने
मेरो गाउँ
सुन्दर पाखाको सुवास
बटुल्दै हरेकको दैलोमा
ढोका ढक्ढकाउने
मेरो गाउँको
मुस्कान र हरियालीमा
डँढेलो लगाउन
एकोत्तर लागिरहेछ
त्यो कुरुप सहर

प्राकृतिकछटा माधुमिल
रङ घोल्दै
अघोषित यो सहर
मागीखाने आसेपासे पालेर
सुरु गर्छबजारीकरण
फोहोरको, सडकको
ग्यासको, तरकारीको
राहतको, कोरानाको, घरभाडाको, रोजगारीको,शिक्षाकोर अभावको ।

गाउँको मकैबारीले
जानेन कहिल्यै
आफ्नो माटोको गरिमा लुटाएर कङ्क्रिटमहल ठड्याउन
जानेन अस्मिता लुटाउन
जान्यो त मात्रकेबल
खेतीउमार्न आत्मीयताको, सौहार्दताको, स्वाभिमानको

सोझा मान्छेहरूलाई
सुन्दर सपना बुनाएर
ओइरोकाओइरो, ताँतीलगाउने
त्यो बनावटीसहरले
आजएकमुठीश्वासको
लोभमाहजारौं गाउँहरुलाई
बनाएको छ
दुष्कर्मी, नशालु र कामुक आँखाहरु
उमार्नसिकायो त केबल
सडक र गल्लीहरुमा हिंसाका खेतीहरु
महङ्गीहरू, दुर्गन्धित बिचारहरू
नरकका काखहरू, कारुणिक चित्कारहरु ।

मोमो, थुक्पा, बर्गर खाँदै
आफ्नो स्वाभिमानलाई भुलेर
भौतिकता र ऐसआराममा
जुका सरी टाँसिएको छ
त्यो घृणित सहर ।

ट्वाइलेट गनाउने गल्लीहरुमा
अत्तर छर्कनेहरुले
कुदाइरहेछन् हत्यारा गाडीहरु
मसाज सेन्टर, व्युटीपार्लर धाउनेहरु
आजभ्याएकाछन् उभ्याउन
सहरको परिमितिमा शासक घोडाका सालिकहरु
अस्पताल अगाडि
आक्रान्त असहायहरु उभिरहँदा
व्यस्त छ सहर खोल्न भ्रष्टको कारखाना
अनिपोत्नथाल्छ सत्ताको अश्लील रङ र
सुटुक्क छिराउँछ युवतीलाई एबोर्सन सेन्टर
खै किन हो
अचेल एकनास डसिरहन्छ
सहर गाउँलाई?