हेटौंडाः मकवानपुर पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित रजैयामा आज मोटरसाइकल दुर्घटना भएको छ । हेटौंडाबाट चितवनतर्फ जादै गरेको ना. ४९ प. २४०० नम्बरको मोटरसाईकल र चितवनबाट हेटौंडातर्फ आउदै गरेको बा. ३ ख ९६६४ नम्बरको मिनी बस एकआपसमा ठोक्एिको हो ।
दुर्घटनामा परी मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा नम्बर ७ का २९ वर्षीय दिपेन्द्र अधिकारीको मृत्यु भएको छ । उनको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्र वहादुर रानाले जानकारी दिनुभयो । मिनी बस र बसका चालक भने प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।