हेटौंडाः हेटौंडा उपमहानगरक्षेत्रका १५ जना र मनहरी गाउँपालिकाका १ जनासहित १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार हिजो सोमबार संकलित स्वाब नमूनाको आज बिहान प्राप्त प्रयोगशाला परीक्षण रिपोर्टअनुसार हेटौंडा–४ का एक महिने बालकदेखि हिजो बिहान मृत्यु भएका मनहरी–८ सिम्पानीका ६८ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । ९ महिला र ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।