हेटौंडाः मकवानपुरमा आज ५६ जनामा कोरोना पुष्टि भएको छ । आज हेटौंडा उपमहानगरपालिकाका ५१ जनामा र थाहा नगरपालिकाको १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै चितवनको राप्ती नगरपालिकाका १ जना र रौतहटका ३ जनामा पनि आज कोरोना पुष्टि भएको आयुर्बेद तथा जनस्वास्थ्य प्रवर्धन शाखा हेटौंडाले जनाएको छ । भाद्र २८ गते सङकलन गरिएको २ सय ३ स्वाब नमूना मध्ये आज १ सय ८४ जनाको स्वाब नमूना परिक्षण गर्दा ५६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै सोही दिन स्वाबको नमूना सङ्कलल गरिएको कोरोना सङ्क्रमितको पुनः परिक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।