हेटौंडाः जेसिआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज रक्तदान कार्यक्रम भएको छ । रक्तसञ्चार केन्द्र हेटौंडा शाखामा भएको रक्तदान कार्यक्रममा आज ४२ जनाले रक्तदान गरेका छन् ।

हेटौंडा लेडि जेसिका अध्यक्ष सुसिला पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानको प्रमुख आतिथ्या रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सोभा खरेल, पुर्व अध्यक्ष जेसि रश्मी बस्नेत,पुर्व अध्यक्ष जेसि निसा रोक्का लगायतको उपस्थिति रहेको थियो ।