तस्वीरः गुगल ।

हेटौंडाः मकवानपुरमा आइतबार १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

हेटौंडा–१९ की २५ वर्षिय एक महिला सहित भीमफेदी गाउँपालिकाका २ महिला, ५ जना पुरषहरु, राक्सिराङ गाउँपालिकाको १ जना महिला, १ जना पुरुष गरी २ जना र थाहा नगरपालिकाको ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखा हेटौंडाले जनाएको छ ।

भाद्र २८ गते सङ्कलन भएका ९६ स्वाबको नमूना परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको छ भने ६४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै १८ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्दा कोरोनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलगाईले बताउनुभयो । यस्तै अब २६ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।