सांकेतिक चित्रः गुगल ।

हेटौंडाः कोरोना भाइरस संक्रमित हेटौंडा–४, हुप्रचौरका एक पुरुषको आज दिउँसो मृत्यु भएको छ । भदौ १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका पुरुषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । ६१ वर्षीया पुरुष रुघाखोकीको समस्या भएपछि भदौ १४ गते हेटौंडा अस्पतालमा उपचार गराउन गएका थिए ।

हेटौंडा अस्पतालबाट कोभिड परीक्षणका लागि रेफर गरिएपछि पुरुषले भदौ १५ गते स्वाब दिएका थिए । १६ गते कोभिड संक्रमण पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि काठमाडौं लगिएको थियो । प्लाज्मा थेरापी विधीबाट समेत उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार हुन नसकेको र आज दिउँसो निधन भएको मृतकका भाईले जानकारी दिनुभएको छ ।