हेटौंडाः हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकको आज १२ औं दिन ४० परिवारले खाद्यान्न लिएर गएका छन् ।

आजसम्म ४ सय ३१ परिवारले फुड बैंकबाट खाद्यान्न सामाग्री (चामल ४ किलो, नुन, तेल, मसला) लिएर गएको खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबका सल्लाहाकार विशालराज महतले बताउनुभयो ।


आज हेटौंडा–५ निवासी स्थानीय राहुल सुवेदी र निर्माण व्यावसायी सागर कटुवालले ४० परिवारलाई खाद्यान्न हस्तारन्तरण गर्नुभएको थियो । त्यस्तै भोली हेटौंडा–५, पिप्ले युवा क्लब र गोल्डेन यातायात प्रालिका केन्द्रिय अध्यक्ष सुधीर थापाले क्लबलाई खाद्यान्न सहयोग गर्ने कार्यक्रम तय भएको छ ।