Home मुख्य समाचार विश्व प्राथमिक उपचार दिवसमा प्रशिक्षकलाई पाठ्यक्रम वितरण

विश्व प्राथमिक उपचार दिवसमा प्रशिक्षकलाई पाठ्यक्रम वितरण

हेटौंडाः विश्व प्राथमिक उपचार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले प्राथमिक उपचारका प्रशिक्षकहरुलाई पाठ्यक्रम वितरण गरेको छ । प्राथमिक उपचारसम्बन्धी पाठ्यक्रम परिमार्जन भएकोले दिवसको अवसरमा जिल्लामा रहेका प्रशिक्षकहरुलाई परिमार्जित पाठ्यक्रम वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका मन्त्री खेमराज सापकोटाले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लामा रेडक्रस सोसाइटीमा आवद्ध प्राथमिक उपचार सेवा सम्बन्धी प्रशिक्षक १५ जना रहेका छन् । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका कार्यवाहक सभापति लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस मकवानपुरका पदाधिकारीको सहभागिता रहेको थियो । यस वर्ष विश्व प्राथमिक उपचार दिवस ‘महामारीमा प्राथमिक उपचार, अभ्यासहरुमा अुनकुलता’ भन्ने नाराका साथ मनाइँदैछ ।

Exit mobile version