Home समाज जेसीआई हेटौंडा लेडीको जेसीज सप्ताह आजबाट

जेसीआई हेटौंडा लेडीको जेसीज सप्ताह आजबाट

हेटौंडाः जेसीआई हेटौंडा लेडीले जेसीज सप्ताह आज शनिबारबाट आयोजना गर्दैछ । शुक्रबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेलले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । जेसीज सप्ताहअन्तर्गत पहिलो दिन आज सिआन पुनःस्थापना केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम गरिँदैछ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका अनलाईन मार्फत महिला हिंसामा कोरानाको प्रभाव विषयमा अन्तरक्रिया, स्लो स्कुटी प्रतियोगिता, एक घर एक करेसाबारी विषयमा अन्तरक्रिया, रक्तदान कार्यक्रम, अनलाईन मिडियाको सामाजिक प्रभाव विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने बताइएको छ ।

Exit mobile version