सांकेतिक तस्विर ।

हेटौंडाः उद्योगी बिके बास पक्राउ परेका छन् । जिल्ला अदालत रौतहटको भदौ १० गतेको आदेशमा मकवानपुर प्रहरीले बोसलाई आज बिहान पक्राउ गरेको हो ।

झुठा विवरण पेश गरी नागरिकता लिएको मुद्दामा बोसलाई जिल्ला अदालत रौतहटले पक्राउ गर्न आदेश दिएअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटको जानकारीअनुसार आज बिहान १० बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले बोसलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

पक्राउ परेका बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता रानाले बताउनुभयो । बिके बोस हेटौंडास्थित सुपर लेमिकोट्स प्रालिका प्रबन्ध निर्देशक हुन् भने उन परिवारको स्वामित्वमा हेटौंडा–४, गर्दोईमा डेरी उद्योग सञ्चालित छ ।