कृष्णप्रसाद भण्डारी – अधिवक्ता एम.ए.अर्थशास्त्र, एम.पि.ए.बि.एल

पृष्ठभूमिः बि.पि.कोइरालाको जन्म बि।सं। १९७१ भाद्र २४ मा तत्कालिन ब्रिटिश इण्डियाको बारणासीमा भएको थियो । उनको शिक्षा दिक्षा वनारसमानै भएको थियो । वि.पि.ले वि.सं १९९१ मा वनारस बिश्व बिद्यालयबाट अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक र वि।सं १९९ मा कलकत्ता विश्व बिद्यालयबाट कानूनमा स्नातक अध्ययन पूरा गरेका थिए ।

बि.पि.एक राजनेता, उत्कृष्ठ आख्यानकार कुशल र सिद्धहस्त बिचारक थिए । वि.पि.को प्रजातन्त्र, समाजबाद, अर्थतन्त्र सम्बन्धी चिन्तन उल्लेखनीय थियो । नेपाली साहित्यमा उनले सिग्मण्ड फ्रायडको मनोविज्ञान आफ्ना पात्रहरुमा प्रयुक्त गरेका छन् । मूलतः उनी राजनीतक व्यक्ति थिए । उनले साहित्यमा राजनीति नमिसाइकन बिशुद्ध साहित्य दिए । साहित्यलाई राजनीतिले धमिल्याउने काम गरेनन् । उनी द्धारा सृजना गरिएका साहित्यहरुमा नेपालको सामाजिक यथार्थमा आधारित समस्या र यौनजन्य समस्याको मनोबिश्लेषण गरिएको छ ।

उनी विद्यार्थी अवस्था देखिनै राजनीतिक गतिबिधिमा संलग्न थिए । उनी सोही क्रममा वि.सं.१९८७ मा पक्राउ गरी ३ थुनामा पनि परेका थिए भने भारतीय स्वतन्त्रता आन्दोलन र बि.सं.१९९१ देखि भारतीय राष्ट्रिय काग्रेसमा समेत संलग्नभई काम समेत गरेका व्यक्ति थिए । भारतमा आन्दोलन चलिरहदा नेपालमा पनि राणाहरुको एकतन्त्रीय जहानीया शासन विरुद्ध पनि आन्दोलन जारी थियो । सोही अवस्थामा वि।पि।कोे पहल र अग्रसरतामा मातृकाप्रसाद कोइरालाको अध्यक्षतामानेपाली राष्ट्रिय कांग्रेसर सुवर्ण शम्शेरको नेतृत्वमा स्थापनाभएको नेपाली प्रजातन्त्र कांग्रेस दुवै पार्टीहरु मिलाएर वि।सं।२००६,चैत्र २८मा नेपाली कांग्रेस पार्टीको स्थापना भएको थियो ।

बि.पि. बि.सं.२००४मा भएको विराटनगरमा मजदुर आन्दोलनमा गिरफ्तारीमा परी जेलमा परेका तथा जेलमा २७ दिनसम्म लामो भोक हडताल गरेपछि उनी जेलबाट मुक्त भएका थिए । २००७ सालमा फागुन ७ गते नेपालमा प्रजातन्त्र आएपछि मोहन शम्शेरको नेतृत्वमा गठन भएको राणा-काग्रेस संयुक्त सरकारमा बि.पि.कोइराला गृहमन्त्री भएका थिए । सो सरकारको गठन १० फागुन, २००७ मा भएको थियो । सो सरकारमा उनी गृहमन्त्री भएका थिए । राणा-काग्रेस सरकारको कार्यकाल २६ कार्तिक, २००८ सम्म ९ महिना रह्यो ।

राणा कांग्रेसको संयुक्त सरकार भंग भएपछि बि.पि.।पार्टी संगठनमा लागे । उनी १३ जेष्ठ, २००९ देखि १० माघ, २०१२ सम्म नेपाली कांग्रेसको पार्टी सभापति भए । बि.पि.को नेतृत्वमा २०१५को संसदीय चुनावमा नेपाली कांग्रेस विजयले प्राप्त गर्यो र बि.पि.।कोइरालाको नेतृत्वमा सरकार गठन भयो । २०१७ साल पौष १ गते राजा महेन्द्रले सरकार अपदस्थ गरी उनलाई बन्दी बनाइयो ।

बि.पि.महात्मा गान्धीका अनुयायी भएतापनि उनको अर्थतन्त्र र आर्थिक चिन्तन गान्धीको भन्दा केही भिन्न थिए । गान्धी आवश्यकता परिपूर्तिका लागि औद्योगिक शहरीकरण र प्रबिधि चाहिन्छ भन्ने पश्चिमी मतको विरोधी थिए । गान्धीले ग्रामीण स्वराज र आत्मनिर्भर गाउँलाई प्राथमिकता दिन्थे । उनका बिचारमा यी कुराहरु नै अर्थतन्त्रको लागि स्थायी आधारभूत आवश्यकता हो ।


तर बि.पि.मुलुकको विकासको लागि औद्योगिक क्षेत्रलाई संभाव्य विकल्पको रुपमा लिन्थे । आर्थिक साधनको अभाव पूर्तिका लागि बैदेशिक सहायतालाई आबश्यक पनि मान्थे । तरपनि सामाजिक रुपान्तरणको लागि बि.पि.।बैदेशिक सहायतामा पूर्णरुपले विश्वास भने राख्दैनथे । उनको मत बैदेशिक सहायता पर्याप्त र दिगो दुवै हुन्न र यसले आर्थिक परनिर्भरता बढाउछ र राष्ट्रियतालाई कमजोर पार्छ भन्ने थियो । उनका आर्थिक दृष्टिकोणले राजनीतिक रणनीति प्रतिविम्बित गर्र्थे । उनको राजनीतिक रणनीति सामन्तबादी सामाजिक राजनीतिक संस्कारलाई प्रत्याक्रमण गर्र्ने हुन्थ्यो ।

बि.पि.को अर्थतन्त्र र आर्थिक चिन्तन स्पष्ट थियो । बि.पि.को दृष्टिकोण अनुसार आर्थिक प्रजातन्त्रको लागि राजनीतिक प्रजातन्त्र आवश्यक छ । उनले अर्थतन्त्र र आर्थिक विकासको लागि निम्न कुरा आवश्यक पर्ने कुरा वताएका छन्ः क पूर्णरुपले विकसित प्रजातान्त्रिक समाज र समाजबादको सिद्धान्त, ख अर्थतन्त्रको आर्थिक रुपान्तरणको ढाँचा आफ्नै स्थानीय आधार हुनु पर्छ, ग समानतामा आधारित सहभागितात्मक उत्पादन प्रक्रियामा राज्यको अभिभावकीय भूमिका, घ राज्यले नागरिकलाई उनीहरुको क्षमताले सकेसम्मको परिश्रम गरी उत्पादन गर्न प्रेरित गर्नु पर्छ । वि.पि.को अर्थतन्त्र र आर्थिक चिन्तनमा समेटिएका मूलभूत बिषयहरुलाई संक्षेपमा बुँदागत हिसाबले तल चर्चा गर्ने प्रयत्न गरिएकोः

१.औद्योगीकरण,
२.भूमिसुधार,
३.कर,
४.बैदेशिक सहयोग
५.प्रबिधि र विकास
६.बिकेन्द्रीकरण र
७.उत्पादनको गतिशीलता

१.औद्योगीकरण
वि.पि.का अनुसार दिगो आर्थिक विकासको निमित्त बलियो औद्योगिक आधार चाहिन्छ । नेपालमा दुइवटा कारणले औद्योगीकरणको महत्व र भूमिका छः
१.मुलुकको अर्थतन्त्रको क्षमता फराकिलो वनाउने,
२.नेपाली समाजको समान्तबादी आधार समाप्त पार्ने,

उनको बिचारमा भूमिमा मात्र निर्भर रह्यो भने विकास महंगो पर्छ । भूमिबाट आउने राजश्वले मात्रै विकासको आधार धान्न सक्तैन । भूमिको उत्पादकत्वमा निर्भर हुने हो भने स्वच्छ समाजबाद जोखिममा पर्छ । त्यसैले मुलुकको विकासको लागि औद्योगिक क्षेत्र संभाव्य विकल्प हुन सक्छ । समाजमा बिद्यमान सामाजिक बिकृति, सामाजिक असमानताहरु औद्योगीकरण बाटै परिवर्तन गर्न सकिन्छ । तसर्थ यसलाई गति दिने काम सार्वजनिक र निजी दुवै क्षेत्रले गर्न सक्छन् । तर त्यसको उत्तरदायित्व भने सरकारले लिनु पर्छ । उनको धारणामा औद्योगीकरणबाट निम्न कुरा हुन सक्तछन् भन्ने थियोः

क. सामन्त प्रथाको समाप्ति,
ख. किसानलाई न्याय,
ग. राष्ट्रिय पूँजीमा बृद्धि,
घ. रोजगारी र आर्थिक अवसरहरु बढ्ने र सामाजिक बिकृति कम हुने,
ङ. आधुनिकीकरण,
वि.पि.ले गान्धीको विकासको सिद्धान्त अंगिकार गर्नुका साथै small is beautiful मा विश्वास गर्थे । उनले स्वदेशी र बिदेशी लगानीकर्ताहरु दुवैलाई प्रोत्साहन गरेका थिए ।

२.बैदेशिक सहायता
बि.पि.बैदेशिक सहायतालाई आवश्यक र खराव necessary evill दुवै मान्थे । उनले बिकासशील मुलुकमाआर्थिक विकासको लागि पर्याप्त साधनको अभाव रहने हुँदा बैदेशिक सहायता आबश्यकता हुने कुरा स्वीकारत गर्थे तर, सामाजिक रुपान्तरणको लागि बैदेशिक सहायतामा पूर्णरुपले विश्वास भने राख्दैनथे । उनका बिचार अनुसार बैदेशिक सहायता एक्लै यसका लागि न त पर्याप्त नै हुन सक्छ न त दिगो नै ।यद्यपि उनको बिचारमा बैदेशिक सहायताको उपयोग सम्यक हुनु पर्छ त्यसो हुन सकेन भने त्यो मुलुकका लागि हानीकरक हुन सक्छ । यसको परिचालन गर्दा उद्योग, अस्पताल र सडकका क्षेत्रमा गरिनु पर्छ भन्ने थियो ।

उनको बिचारमा नेपालको बैदेशिक सहायतामाथिको निर्भरताले आर्थिक परनिर्भरता बढाउँछ र राष्ट्रियतालाई कमजोर पार्छ । साथै यसलाई शक्तिमा बसेकाहरुले दुरुपयोग समेत गर्न सक्छन् । बैदेशिक लगानीले अर्थतन्त्रलाई योगदान पुर्याउन सक्तैन । यसबाट नयाँवर्ग सृजना हुने समेत हुनाले नेपाल बैदेशिक सहायतामा पूर्णत निर्भर हुनु हुँदैन ।उनको स्पष्ट अडान बैदेशिक सहायता शर्त रहित हुनु पर्छ । बैदेशिक सहायता प्राप्त गर्ने मुलुकमा निर्णय गर्ने भूमिका रहनु पर्छ ।

सहयोग लिने तथा दिने दाता मुलुक बीच अर्थात दुई पक्षबीचकुनै किसिमको मनोवैज्ञानिक असजिलोपन हुनु हुँदैन र भएमा त्यस्तो असहजपन हटाउनु पर्छ भन्ने थियो । यस बिषयमा जोड दिदै उनले सयुक्त राष्ट्र संघको पन्ध्रौैं सभालाई संवोधन गर्दा वैदेशिक सहायताको प्रबाहमा सयुक्त राष्ट्र संघ जस्ता तटस्थ निकायको भूमिका हुनु पर्ने बिषयमा जोड समेत दिएका थिए ।

३.करः
वि.पि.करलाई राष्ट्रिय पूँजीको स्रोत र समाजमा समतापूर्ण वितरण गरिने सम्पत्तिको एउटा साधन मान्थे । उनको विचारमा धनी मानिसले कर तिर्नु पर्छ । उनी करमुक्त भूमि प्रणालीलाई अस्वीकार गर्थे जस्तै विर्ता,जागीर । कृषि प्रधान समाजमा असमानता र अन्याय को जड भन्नुनै कर मुक्त भूमि प्रणालीे हो भन्ने उनको बिचार थियो ।

नेपालमा वि.पि.ले क्षमता बदष्ष्तिथ तय उबथ मा आधारित प्रगतिशील नयाँ कर प्रणालीको प्रारम्भ गरे । यसका अतिरिक्त निजी स्वामित्वमा सम्पत्तिकर लगाउने बिषयको पनि घोषणा गरे ।


४.भूमिसुधारः
भूमिसुधार नै वि.पि.को राजनीतिक मुद्दा थियो । भूमिसुधार सम्बन्धी बिषय उनको राणा विरोधी आन्दोलनकै समय देखिको थियो । समाजमा ठूला राज्य रजौटा, जागीरदार, उच्च राजनीतिज्ञहरुकै हातमा अधिकांश जमिन थिए । जमिनले नै समाजमा सामाजिक प्रतिष्ठाको प्रतिनिधित्व गर्दथ्यो । यो अवस्थाले गर्दा समाजमा हुने र नहुने वीच फराकिलो खाडल थियो ।

वि.पि.को बिचारमा विद्यमान भूमिव्यवस्था अनुदार भएको हुँदायसमा सुधार गर्नु पर्छ । किनकि सवै संग हुने साझा कुरा भन्नुनै जमीन हो । नेपालमा बिद्यमान योअसमान भूमि व्यवस्थाले गर्दा साना किसानहरु दयनीय र नाजूक अवस्थामा छन् । तसर्थ नेपालमा समानतापूर्वक भूमिको वितरण गर्ने उत्तरदायित्व राज्यको होभन्ने उनको धारणा थियो ।उनको बिचारमा मुलुकमा औद्योगीकरण गरियो भने कृषि श्रमिक जीवन निर्वाहका लागि औद्योगिक क्षेत्रमा सर्छन । त्यसो हुँदा कृषिमा आधारित अर्थतन्त्र औद्योगिक क्षेत्रमा रुपान्तरण हुन सक्छ भन्ने धारणा पनि उनको थियो । बि.पि.का अनुसार भूमिसुधारबाट देहाय अनुसारको प्रगतिशील आर्थिक सामाजिक रुपान्तरण ल्याउन सकिन्छः

१.आर्थिक र समामाजिक शोषणबाट जनतालाई स्वतन्त्र गर्ने,
२. नयाँ आर्थिक अवसरको सृजना गर्ने,
३. भूमिको उत्पादकत्व बृद्धि गर्ने,
४.असमानता र अन्याय समाप्त निर्मूल पार्ने
५.विकेन्द्रीकरण, सहभागिता र विकास योजनाः

वि.पि..का अनुसार जनताको क्षमता अभिबृद्धि गर्ने र विकासमा उनीहरुको स्वामित्व सुनिश्चित गर्ने अभिप्रायलेस्थानीय सरकार, क्षेत्रीय सरकार र केन्द्रीय सरकार सबैमा जनताको पूर्णसहभागिता आबश्यक छ । यसको लागि विकेन्द्रीकरण आबश्यक छ । विकेन्द्रीकरण संसद र अदालत पछिको तेश्रो खम्बा हो र यसले शासनमा जनताको आवाजको प्रतिनिधित्व सुनिश्चित गर्छ । वि.पि.को विकेन्द्रीकरण सम्बन्धीअवधारणा अनुसारको चार तह निम्नानुसारकाछन्ः

क. गाउँ,
ख. जिल्ला,
ग. अञ्चल र
घ. केन्द्र राजा, संसद र स.अदालत गरी चार तह छन् ।
राष्ट्रिय विकास योजनाको प्रयोजनको लागि उनले निम्न बमोजिमका पाँचवटा बिशेष इकाइको कल्पना गरेका र तीनै इकाईहरुलाई राष्ट्रिय विकासको प्रतिफल प्रबाह गर्ने जिम्मेवार निकाय मानेका थिए ।
क.केन्द्र सरकार,
ख. आर्थिक क्षेत्रहरु,
ग. जिल्लाहरु,उनले जिल्ला लाइ focal point को रुपमा लिएका छन्
घ. निर्वाचन क्षेत्र ९ electorate constituency र
ङ.गाउँ पञ्चायत ।


६.उत्पादन र उत्पादकत्व producation and productivity
बि.पि.का अनुसार समाजबादमा उत्पादन र उत्पादन प्रणाली संगसंगै जानुु पर्छ । समानता र उत्पादन प्रणाली दुवै अन्तर्सम्बन्धित छन् । यी दुवै समाजबादका अंग हुन् । समाजबाद आदर्श वा राजनीतिक नारा मात्र होइन । समानतालाई संकुचित नवनाइकन समाजबादलाई आर्थिक र राजनीतिक समानताको रुपमा बुझनु जरुरी छ । उनका अनुसार समाज राजनीतिक रुपले समान हुनको लागि प्रजातन्त्र पूर्ण क्रियात्मक हुन fucational जरुरी छ ।

आर्थिक समानतासमाजको उत्पादन क्षमता संग सम्बन्धित हुन्छ । उत्पादन थोरै परिमाणमा गर्ने र आवश्यकता भन्दा थोरै परिमाणमा वितरण गर्ने कार्यबाट आर्थिक न्याय हुन सक्तैन । मानिसले समान र न्यायपूर्ण तरीकाले वितरण गर्न सकिने परिमाणमा उत्पादन गर्न सकियो भने मात्र न्याय भएको महसुस गर्न सकिन्छ । उनको विचारमा समानता भन्नु अवसर र साधनको वितरण हो ।

वि.पि.को समाजबाद प्रतिको उच्चतम लक्ष्य वा उद्देश्य भनेको समाजका आवश्यकता पूरा गर्न सकिनेगरी पर्याप्त उत्पादन गर्नु हो । समाजबाद केबल सिद्धान्त होइन । यसको अभ्यास जरुरी हुन्छ । समाजबाद आदर्श मात्र वा राजनीतिक नारामात्र पनि होइन । आर्थिक उत्पादन र उत्पादकत्व नै बास्तबमा समाजवाद हो । परिमाणमा न्यून उत्पादन गर्ने र सो वस्तु समाजमा आवश्यकता भन्दा थोरै वितरण गर्ने काम आर्थिक न्याय होइन । किनकि आवश्यकतानुसारको परिमाणमा बस्तु वितरणका लागि बस्तु उत्पादनमा बृद्धि गर्न सक्नु पर्दछ ।समाजबादको उच्चतम लक्ष्य समाजको पर्याप्त उत्पादनमा निर्भर गर्दछ । जसबाट आवश्यकतानुसार बस्तुको वितरण गर्न सकिने कुराको सुनिश्चितता हुन्छ ।