सम्मानित कलाकार र पत्रकारको तस्वीर ।

हेटौँडा : हेटौँडामा एक कलाकार र २ पत्रकार सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र दिवसको अवसरमा हरेक वर्ष वितरण गर्दै आएको उक्त सम्मान शुक्रबार एक कार्यक्रमका बीच वितरण गरेको हो ।

कार्यक्रममा हेटौंडा निवासी कलाकार विष्णुप्रसाद सापकोटा (हर्के हवल्दार) लाई धनलक्ष्मी श्रेष्ठ स्मृती चलचित्र कलाकर्मी सम्मान २०८३ सम्मान प्रदान गरेको हो । उक्त अवसरमा नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ बाट कृष्ण भट्टराई सम्मानित भएका छन् । यस्तै सोही अवसरमा चलचित्र पत्रकारिता पुरस्कार २०८३ कान्तिपुर दैनिकका मकवानपुर संवादाता सुवास विडारीलाई प्रदान गरिएको थियो । उनलाई नगद ५ हजार १११ रुपैयाँ राशीको उत्त पुरस्कार प्रदान गरिएको थियो ।