हेटौंडाः हेटौंडास्थित रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डमा उपचाररत कोरोना भाइरस सङ्क्रमितलाई सहयोग गरेको छ । आइसोलेसन वार्डमा रहेका ६२ जनालाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्योगले फलफूल, रोग प्रतिरोधात्मक शक्ति बढाउने खाद्य सामग्री, २ सय रुपैयाँको रिचार्ज कार्ड, एकथान कप वितरण गरेको छ ।

रिद्धि सिद्धि सिमेन्ट उद्योगका क्षेत्रीय बिक्रि प्रबन्धक बिक्रम खतिवडाले सहयोग सामग्री हेटौंडा उपमहानगरपलिकाका मेयर हरि बहादुर महतलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको पनि उपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा सहयोगको कार्य गरिएको उद्योगले जनाएको छ ।