हेटौँडा : मकवानपुरको थाहा नगरपालिका कक्षा–८ को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । आइतबार प्रकाशन गरेको नतिजामा ९३.६२ प्रतिशत मात्रै विद्यार्थी ग्रेडेड भएको पालिकाका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्लले जानकारी दिनुभयो । चैत ८ गतेदेखि १६ गतेसम्म भएको परीक्षामा पालिकाका भित्र सामुदायिक र संस्थागत गरी २५ वटा विद्यालयबाट ५ सय ९६ जना विद्यार्थी सहभागी थिए ।
परीक्षामा सहभागी मध्ये ५ सय ५८ जना (९३.६२ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । सामुदायिकतर्फ सरस्वती विद्या मन्दिरबाट ४३, इन्द्रायणी माविबाट २७, झम्केश्वरी माविबाट ३२, महाकाल आविबाट १४, सरस्वती माविबाट २८, बुद्ध आविबाट ५, सुनौलो माविबाट १९ र सरस्वती आविबाट १५ जना शत्प्रतिशत ग्रेडेड भएका छन् । यस्तै संस्थागततर्फ हिमालयन इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलबाट ३८, पालुङ अङ्ग्रेजी आवासीय सेकेन्डरी स्कुलबाट ११ जना, पालुङ मोडर्न इंग्लिस मिडियम स्कुलबाट १२ जना, पालुङ एकेडेमीबाट २५ जना र इअन एकेडेमीबाट २४ जना शतप्रतिशत ग्रेडेड भएका छन् ।
यस्तै सुन्दरीदेवी माविबाट २१ जना सहभागी भएकोमा २ जना, स्वच्छन्द भैरब माविबाट २० जना सहभागी भएकोमा ९ जना, सेती गणेश आविबाट ५ जना सहभागी भएकोमा ३ जना, जनकल्याण माविबाट ४६ जना सहभागी भएकोमा २ जना, मत्स्य नारायण माविबाट २० जना सहभागी भएकोमा १ जना, नाटेश्वर माविबाट २२ मा १ जना, बागेश्वरी माविबाट ६९ जनामा ११, बज्रबाराही माविबाट २४ जनामा ४, बसन्त आविबाट १२ जनामा १, चम्पेश्वर आविबाट ८ जनामा २, दुर्गादेवी आविबाट १२ जनामा १ र गीतादेवी आविबाट ६ जनामा १ जना नन्ग्रेडेड भएका छन् ।
