Home मुख्य समाचार किताबघरमा अमृता स्मृतिका कविता

किताबघरमा अमृता स्मृतिका कविता

कविता वाचनपछि खिचिएको सामूहिक तस्बिर

हेटौँडा : नयाँ वर्ष २०८३ को अवसरमा कविता वाचन कार्यक्रम भएको छ । हेटौँडा ४ स्थित किताबघरमा सोमबार कवि अमृता स्मृतिको साथमा हेटौंडाका कविहरुले कविता वाचन गरेका हुन् ।

धादिङ जिल्ला स्थायी ठेगााना भई हाल अमेरिकामा रहँदै आउनुभएकी अमृता स्मृतिले आफ्ना कृतिहरू ‘स्मृतिका आवाजहरू‘ कवितासङ्ग्रह, ‘नदीको तिर्खा’ कवितासङ्ग्रहका कविताहरु वाचन गर्नुभएको थियो । युनेस्को र वि इन्सपायरको ‘समता’ राष्ट्रिय खुला कविता प्रतियोगितामा प्रथम–२०७३, नेपाल प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा तृतीय–२०७४, नेपाल प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता प्रतियोगितामा दोस्रो–२०७७, महामण्डल साहित्य सम्मान–२०७८, लेकबेसी साहित्य सम्मान–२०७५, डिल्लिरमण स्मृति पुरस्कार–२०७३ लगायत सम्मान तथा पुरस्कारहरू पाइसक्नुभएकी कवि अमृता स्मृतिसँगै मकवानपुरका साहित्यकारहरु डिबी बर्तौला, ह्याग्रिव आचार्य लगायत आधा दर्जन साहित्यकारहरुले आफ्ना कविता प्रस्तुत गर्नुभएको थियो

Exit mobile version