Home मुख्य समाचार पालिकास्तरीय परीक्षा–२०८२ : बागमती गाउँपालिकाका ७२.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

पालिकास्तरीय परीक्षा–२०८२ : बागमती गाउँपालिकाका ७२.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकाले पालिकास्तरीय परीक्षा (कक्षा–८) को नतीजा सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशन गरेको नतिजामा ७२.७५ प्रतिशत मात्रै विद्यार्थी ग्रेडेड भएको पालिकाका शिक्षा शाखा प्रतिनिधि प्रमोद राईले जानकारी दिनुभयो । चैत ८ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको परीक्षामा पालिकाका १५ वटा विद्यालयका ४ सय २२ जना विद्यार्थी सहभागी थिए ।

परीक्षामा सहभागी मध्ये ३ सय ७ जना (७२.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । पालिकास्तरीय परीक्षामा ६ विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको छ । शतप्रतिशत नतिजा हासिल गर्नेमा बागमती गाउँपालिका–१, करौँजेस्थित टंकेश्वर आधारभूत विद्यालयलबाट ११ जना, ज्ञान मन्दिर आविबाट १५ जना, विष्णु आविबाट १७ जना, गीता आविबाट ९ जना, सीता आविबाट ६ जना र जनहित आविबाट १६ जनाले परीक्षा दिएकोमा सबै ग्रेडेड भएका छन् ।

पालिकाका १५ विद्यालय मध्ये चौरा आविले कमजोर नतिजा ल्याएको छ । चौरा आविबाट परीक्षामा २९ जना ग्रेडेड हुँदा ७ जना नग्रेडेड भएका छन् । यस्तै सूर्य माविबाट २४ जना विद्यार्थी ग्रेडेड हुँदा ८ जना नन्ग्रेडेड भएका छन् । बागमती माविबाट ६५ जना सहभागी भएकोमा ६२ जना, देवकी माविबाट ६८ जना सहभागी भएकोमा ४१ जना, जनता माविबाट ६९ जना सहभागी भएकोमा ४४ जना, बाघभैरव माविबाट १८ जना सहभागी भएकोमा १६ जना, पञ्चकन्या आविबाट १६ जना सहभागी भएकोमा १२ जना र वनदेवी आविबाट ३० जना सहभागी भएकोमा २० जना ग्रेडेड भएका छन् ।

पालिकाले मौका परीक्षाको गर्ने प्रतिनिधी राईले जानकारी दिनुभयो । यस वर्ष मौका परीक्षामा ५९ जना विद्यार्थीले ग्रेडवृद्धि मौका परीक्षा दिन पाउनेछन् । परीक्षामा २ वटासम्म विषय लागेका विद्यार्थी सहभागी हुन पाउने छन् । पालिकास्तरीय बैठक पश्चात परीक्षा संचालन गरिने उहाँले बताउनुभयो । अघिल्लो वर्ष पनि यहि नतिजा कै हाराहारीमा विद्यार्थी ग्रेडेड भएको उहाँको भनाई छ ।

Exit mobile version