हेटौँडाः छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप फुटबल प्रतियोगितामा हेटौँडा फुटबल एकेडेमी पराजित भएको छ । आइतबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा नाइजेरियाको जस्त जोहन फुटबल क्लबसँग पराजित भएसँगै हेटौँडा एकेडेमी प्रतियोगिताबाट बाहिरिएको हो ।
आइतबार भएको खेलमा हेटौँडा फुटबल एकेडेमी १–० गोल अन्तरले पराजित भएको हो । जिल्ला खेलकुद विकास समिति उदयपुरको आयोजना तथा कटारी नगरपालिकाको सहयोगमा शनिबारदेखि प्रतियोगिता सुरु भएको थियो । यस अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा हेटौँडा एकेडेमीसहित ८ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
