हेटौँडा : नेपाल औषधि व्यवसायी संघ मकवानपुरको सातौँ अधिवेशनबाट अध्यक्षमा विष्णु थापा सर्वसम्मत चयन हुुनुभएको छ । शुक्रबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा भरत बहादुर कार्की, थोक उपाध्यक्षमा निलम वैद्य, खुद्रा उपाध्यक्षमा यादव अर्याल, महासचिवमा कृष्णहरि न्यौपाने, कोषाध्यक्ष सलाम सिंह लामा, सचिवमा विनिता बानिया, सह–कोषाध्यक्षमा नरहरी थापा चयन हुनुभएको छ । सदस्यहरूमा तीर्थमान श्रेष्ठ, सुरेश श्रेष्ठ, सचिता पोखरेल, प्रज्ञान घिमिरे, भागवत तिमल्सिना रहनुभएको छ ।
कार्यक्रममा लामो समयदेखि मेडिकल सञ्चालन गर्दै आइरहेका सञ्चालकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संगम मेडिकल हलका सञ्चालक मुकुन्द सुवेदी, भुटनदेवी मेडिकल हलका सञ्चालक भुलेन्द्र चौधरी र मिलन फार्मेसीका सञ्चालक मिलन लामा रहेका छन् । यस्तै कार्यक्रममा मृत्यु भएका संघका सदस्य सरस्वती स्वराइलीको परिवारलाई आर्थिक सहयोग गरिएको थियो । संघका केन्द्रिय अध्यक्ष प्रकाश खण्डेवालको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष नारायणलाल श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा संघका बागमती प्रदेश अध्यक्ष ध्रुव नारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतको उपस्थिति रहेको थियो ।
