हेटौंडाः कोरोना भाइरस सङ्क्रमण भए नभएको भनी पिसिआर टेस्ट गर्दा मनहरी गाउ“पालिकाका ७३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाले सङ्क्रमितसँग सम्पर्कमा आएकाहरुको भदौ १४ गते स्वाब सङ्कलन गरेर प्रयोगशालामा पठाएको ७३ वटै नमूनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।
मनहरी गाउँपालिकामा हालसम्म २४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये २२ जना कोरोनामुक्त भइसकेका छन् भने एकजना पुरुष र एक महिला गरी २ जना मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित आईसोलेसन वार्डमा उपचाररत छन् ।