सांकेतिक चित्रः गुगल ।

हेटौंडाः पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित १२ जनाको मृत्यु भएको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ६ महिला र ६ जनामा पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने महिलाहरुमा चितवनमा १८ र ५५ वर्षका, काठमाडौंमा ८९ वर्षका, ललितपुरमा ७० वर्षका, तनहुँमा २० वर्षका र कपिलवस्तुमा ६० वर्षका छन् । यस्तै कोरोना सङ्क्रमित भई मृत्यु हुने पुरुषमा बारामा ९७ वर्षका, चितवनमा ६५ वर्षका, भक्तपुरमा ४० वर्षका, काठमाडौंमा ७० र ७५ वर्षका र धादिङमा ४७ वर्षका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमित भई मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ ।