Home खेलकुद बकैयामा व्याडमिन्टन प्रतियोगिता : उज्वल र सहदेवको जोडी प्रथम

बकैयामा व्याडमिन्टन प्रतियोगिता : उज्वल र सहदेवको जोडी प्रथम

प्रथम र द्वितीय हुने टिम ।

हेटौँडा : प्रथम बकैया गाउँपालिकास्तरीय डबल ‘ए’ साइड व्याडमिन्टन प्रतियोगिता उज्वल दाहाल र सहदेव लामिछानेको टिम प्रथम भएको छ । बकैया–७ स्थित हात्तीखोला युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा दाहाल र लामिछानेको टिम बकैया–११ प्रथम भएको हो ।

प्रतियोगितामा भक्त लामा र हिरालाल जिम्वाको टिम बकैया–९ द्वितीय भएको छ । प्रतियोगिता विजेता टोलीले ७ हजार रुपैयाँ र उपविजेता टोलीले ३ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडेल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता शुक्रबार राती बकैया–७ स्थित घमनटोलमा भएको थियो । बकैया ७ नम्बर वडा कार्यालयको समन्वय तथा बकैया–७ का घमनटोल स्पोर्टस क्लबको व्यवस्थापनमा प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा १७ वटा टोलीले सहभागिता जनाएको बकैया एथ्लेटिक्स संघका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो । हात्तिखोला युवा क्लबका अध्यक्ष जिकेश सापकोटाको सभाध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्य तथा उपाध्यक्ष भक्तबहादुर खत्रीको विशिष्ट आतिथ्य रहेको थियो ।

Exit mobile version