कृष्ण कटुवाल र राजकुमार न्यौपाने ।

हेटौँडा : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभामा मकवानपुरबाट कृष्ण कटुवाल र राजकुमार न्यौपाने केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । यही चैत २९ र ३० गते काठमाडौंमा हुने साधारणसभामा कटुवालले खुला केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छन् भने राजकुमार न्यौपाने भुगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताइएको छ ।

कटुवाल र न्यौपाने दुबैजना मकवानपुर उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष एवम् वर्तमान महासंघको कार्यसमिति सदस्य छन् । आसन्न निर्वाचनका लागि चैत २३ गते उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । कटुवाल र न्यौपानेसँगै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको उपाध्यक्षमा मकवानपुरका कृष्णकुमार गुप्ता अग्रवालले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश समितिको कोषाध्यक्षमा जीवनकाजी माकजुले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै मकवानपुरका उद्यमी विष्णु खनाल प्रदेश समिति सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । महासंघको बागमती प्रदेश समिति अध्यक्षमा सिधुपाल्चोकका वेदप्रसाद श्रेष्ठ र काठमाडौंका दुर्गा श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।