प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल र बरामद भएको लागूऔषध गाँजा ।

हेटौँडा : अवैध लागूऔषध गाँजासहित ललितपुरको बागमती गाउँपालिका–३, भट्टेडाँडाबाट मकवानपुरको भीमफेदी गाउँपालिका–४ की ३७ वर्षीया सुन्तली तामाङ पक्राउ परेकी छिन् । ललितपुर प्रहरीले सुन्तली र काभ्रे जिल्लाको रोशी गाउँपालिका–१ का ३० वर्षीय सुमन तामाङलाई पनि पक्राउ गरेको छ ।

हेटौँडाबाट कान्ति लोकपथ हुँदै बा ८६ प ४००९ नम्बरको मोटरसाईकलमा ललितपुरतर्फ जाँदै गरेका सुन्तली र सुमनको साथबाट प्रहरीले ७ केजी ५२४ ग्राम गाँजा बरामद गरेको छ । प्रहरीले बरामद भएको लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिई सुन्तली र सुमनलाई हिरासतमै राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।