Home मुख्य समाचार चट्याङ लागेर बागमतीका अजयको मृत्यु 

चट्याङ लागेर बागमतीका अजयको मृत्यु 

सांकेतिक तस्वीर ।

हेटौँडा: मंगलबार साँझ हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिका-१, भैंसेका ३२ वर्षीय अजय पहरीको मृत्यु भएको छ।

स्थानीय बागमती खोलामा माछा मारेर फर्कँदै गर्दा मंगलबार साँझ साढे ६ बजे अजय र ३७ वर्षीय उज्वल थोकरलाई चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका अजयलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो। अजयको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।

चट्याङ लागेर उज्वल थोकर घाइते भएका छन्। उज्वलको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

Exit mobile version