Home मुख्य समाचार भीमफेदी हायस दुर्घटना : घाइते यात्रुको मृत्यु

भीमफेदी हायस दुर्घटना : घाइते यात्रुको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा–कुलेखानी–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी–६, एघारघुम्तीमा शनिबार यात्रुवाहक हायस दुर्घटना हुँदा गम्भीर घाइते भएका एक यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८७६ नम्बरको हायस गाडी ब्रेक फेल भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका यात्रु उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ का ८६ वर्षीय गोरे राईको उपचारको क्रममा शनिबार दिउँसो १ बजेर २१ मिनेटको समयमा हेटौँडा अस्पतालमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएकाहरु उपचार पश्चात डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । हायस चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ का ५० वर्षीय गणेश खत्री प्रहरीको नियन्त्रणमा छ ।

Exit mobile version