हेटौँडा बचतको अध्यक्ष निर्वाचित राजु वाईबा ।

हेटौँडा : हेटौँडा–७, नागस्वतीस्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजु वाईबा निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मतगणना शनिबार राती सम्पन्न भएको हो । २ हजार ८ सय ८७ मत खसेको निर्वाचनमा १ हजार ६ सय १७ मतसहित वाईबा निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का आकांक्षी रामशरण गौतमले १ हजार १ सय ३८ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा खडानन्द चौलागाई १ हजार १ सय ९० मतसहित विजयी हुँदा दीपप्रसाद अधिकारी (१०३३ मत) र सिताराम प्रधान (३६९ मत) पराजित हुनुभयो । कोषाध्यक्षमा मोनिका पौडेल १ हजार ६ सय ४१ मतसहित विजयी हुँदा अर्का आकांक्षी भीमसेन गौतम (१०३५ मत) पराजित हुनुभयो । लेखा समिति संयोजकमा विष्णुप्रसाद अर्जेल १ हजार ८ सय ९१ मतसहित विजयी हुनुभयो भने कविन पन्त (७८८ मत) पराजित हुनुभयो ।

यसअघि सचिवमा युवराज गौतम, सञ्चालक सदस्यमा ध्रुवकृष्ण कुँवर, उर्मिला चौलागाई, अम्बिका कार्की, सरस्वती थापा र विजेता सापकोटा सर्वसम्मत निर्वाचित भइसकेका छन् । लेखा समिति सदस्यमा सौरभ अधिकारी र कुसुम रिजाल चयन हुँदा ऋण उपसमिति सदस्यमा कृष्णप्रसाद दाहाल, भक्तबहादुर केसी पनि सर्वसम्मत चयन हुनुभएको छ । हेटौँडा बचतको सेयर सदस्य ६ हजार ९ सय ९३ जना छन् ।