हेटौंडाः हेटौंडा–५, सानोपोखराको खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले भोलिबाट फुड बैंक सञ्चालनमा ल्याउने भएको छ । क्लबका अध्यक्ष उमेश महतको संयोकत्वमा सानोपोखराको गणेश मन्दिर परिसरमा रहेको क्लबको कार्यालयबाट फुड बैंक सुरु गरिने भएको छ ।

अहिलेको कोरोना महामारीको अवस्थामा दैनिक छाक टार्न समस्या भएका, ज्यालामजदुरी गर्नेहरुलाई लक्षित गरेर फुड बैंक सञ्चालन गर्न लागिएको क्लबका सल्लाहाकार विशालराज महतले बताउनुभयो । हुनेले दिएर र नहुनेले लिएर जाने अभियानका साथ फुड बैंकमा सञ्चानमा आउन लागेको हो ।

फुड बैंकबाट एक जनालाई ३ छाकसम्म पुग्ने रासन प्रदान गरिने क्लबका सल्लाहाकार महतको भनाई छ । त्यस्तै उहाँले फुड बैंकमा जो कसैले पनि सहयोग गर्न सक्ने बताउनुभयो । यसअघि हेटौंडाको अटोल्यान्ड चोकमा सोमबारबाट मदन भण्डारी फाउन्डेशन मकवानपुरले पनि फुड बैंकको सुरुवात गरिसकेको छ ।