हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष भैरव बहादुर राईलाई पत्नी शोक परेको छ । उहाँकी ६५ वर्षीया पत्नी शोभा देवी राईको आज निधन भएको हो । शोभा देवीको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।
अहिले वडा नम्बर १७ कै रामपुरडाँडा घाटमा अन्तेष्टिको कार्य भइरहेको १७ नम्बरका वडा सदस्य टिका प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । राई लामो समयदेखि सुगर, प्रेसर, मुटुरोग रोगबाट पीडित हुनुहुन्थ्यो ।