स्व. सुरेश किरण मानन्धर ।

हेटौँडा: नेपाली तथा नेपाल भाषाका पत्रकार, जातीय संस्कृति, भाषा अभियन्ता सुरेश किरण मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसभाको आयोजना गरिने भएको छ । मानन्धरको निधन भएको १३औं दिनको पूण्यतिथिमा आज सोमबार हेटौँडामा शोकसभा आयोजना गर्न लागिएको हो ।

मकवानपुरको भाषा, संस्कृति तथा जनजाति अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संघ, संस्थाको सहभागितामा शोकसभा आयोजना गर्न लागिएको हो । मानन्धरको फागुन २५ गते हृदयघातका कारण निधन भएको थियो ।

मानन्धरप्रति शोक व्यक्त गर्न आयोजना गरिएको शोकसभासँगै नगर परिक्रमा गरी दीप प्रज्वलन समेत गरिने बताइएको छ । मानन्धरले हेटौँडाबाट प्रकाशन हुने नेवारी भाषाको पत्रिकाको प्रकाशनमा पनि उल्लेख्य योगदान पुर्याएका थिए । मानन्धरको ५९ वर्षको उमेरमा निधन भएको हो ।