Home मुख्य समाचार ठगीको अभियोगमा राक्सिराङकी धनसानी पक्राउ

ठगीको अभियोगमा राक्सिराङकी धनसानी पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ठगी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले गोलेलाई वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा जारी भएको पक्राउ पुर्जी बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोलीलाई पक्राउ गरेर काठमाडौंको ताहाचलस्थित बैदेशिक रोजगार विभाग काठमाडौंमा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

Exit mobile version