Home मुख्य समाचार लागूऔषध अफिमसहित मनहरी–६ का देवचन्द्र पक्राउ

लागूऔषध अफिमसहित मनहरी–६ का देवचन्द्र पक्राउ

प्रहरीले देवचन्द्रको साथबाट बरामद गरेको अफिम ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो साढे २ बजेको समयमा मनहरी गाउँपालिका–७, मनकामना सामुदायिक वन क्षेत्रमा रुपाचुरी–मनहरी कच्ची सडकमा शंकास्पद रूपमा हिँडिरहेका मनहरी–६, रुपाचुरीका ३२ वर्षीय देवचन्द्र घलानलाई ३ किलो ४७८ ग्राम लागूऔषध अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले घलानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Exit mobile version