Home मुख्य समाचार हेटौंडा एफएमको टावर भाँचियो

हेटौंडा एफएमको टावर भाँचियो

हावाहुरीका कारण भाँचिएको टावर ।

हेटौँडा : शुक्रबार अपरान्ह हेटौँडामा आएको हावाहुरीका कारण हेटौँडा–४, कमलडाँडास्थित हेटौँडा एफएम ९६.६ मेगाहर्जको प्रमुख प्रसारण टावर भाँचिएको छ । १ सय २० मिटर अग्लो प्रसारण टावर बीच भागबाट भाँचिएको हो ।

टावर भाँचिएसँगै एफएमको प्रसारण समेत रोकिएको एफएमका अध्यक्ष उज्ज्वल चौलागाईले जानकारी दिनुभयो । प्रसारण एन्टेनासहितको सो टावर बीच भागबाट ढलेसँगै १५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । २०६२ सालदेखि सञ्चालित उक्त एफएमको टावर ढलेर हाललाई प्रसारण रोकिएपनि केही दिनमै पुनः मर्मत गरेर रेडियो सञ्चालनमा ल्याइने समेत उहाँले बताउनुभयो ।

Exit mobile version