Home मुख्य समाचार ओम बृद्धाश्रमलाई ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग

ओम बृद्धाश्रमलाई ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग

वृद्धाश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–२, चौकिटोलस्थित ओम बृद्धाआश्रमलाई ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्राप्त भएको छ । शनिबार हेटौँडा–२, मनकामनाचोक निवासी धनमाया बर्तौलाले आफ्ना छोराहरु दिलिप बर्तौला र गोकर्ण बर्तौलासहित परिवारजनको उपस्थितिमा आश्रमलाई खाद्यान्न सहयोग गर्नुभएको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बर्तौलाले आश्रमलाई चामल १० बोरा, दाल १ बोरा, तेल ८ कार्टुन, नुन १ बोरा, चियापत्ति ४ किलो र चिनी १ बोरा गरी ५५ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गर्नु भएको श्रेष्ठले बताउनुभयो । आश्रममा जन्मदिन, विवाह उत्सव, वार्षिकोत्सव लगायत विभिन्न अवसरमा सहयोग प्राप्त हुँदै आएको छ । आश्रममा नगद, खाद्यान्न, खाना खुवाउने लगायत सहयोग प्राप्त हुँदै आएको छ । हाल आश्रममा ९ जना पुरुष र १४ जना महिला गरि २३ जना आश्रित छन् ।

Exit mobile version