Home मुख्य समाचार बकैया–५ मा चैत ५ गतेदेखि वार्षिक परीक्षा

बकैया–५ मा चैत ५ गतेदेखि वार्षिक परीक्षा

बैठकको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५ का विद्यालयमा चैत्र ५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन हुने भएको छ । बिहिबार बसेको शिक्षा समितिको बैठकबाट निर्णय गरिएको गीतावर आधारभूत विद्यालयका प्रधानाध्यापक हरिहर खनालले जानकारी दिनुभयो ।

बैठकको क्रममा शैक्षिक सत्रभरिमा विद्यालय सञ्चालन, गतिविधि, लगानी, प्रतिफलका विषयमा छलफल भएको उहाँको भनाइ छ । ५ नम्बर वडा कार्यालयभित्र रहेका २ मावि, एक निमावि र एक आधारभूत विद्यालयमा करिब १ हजार १ सय जना विद्यार्थी अध्ययनरत छन् । वडाले वार्षिक कार्ययोजना बनाएर परीक्षा, पठनपाठन गराउने, बिदा दिने लगायत कार्य वडाले एकरूपता बनाएर सञ्चालन गर्दै आएको छ ।

बैठकबाट ५ कक्षाको परीक्षा निरीक्षक परिवर्तन गर्ने र उत्तरपुस्तिका फरक–फरक विद्यालयले परीक्षण गर्ने निर्णय भएको छ । ५ कक्षाको परीक्षा पालिका अन्तर्गत नै सञ्चालन हुनेछ । प्रश्नपत्र पालिकास्तरीय शैक्षिक समन्वय समितिले निर्माण गर्ने प्रधानाध्यापक खनालले बताउनुभयो । ८ कक्षाको परीक्षा पनि चैत ५ गतेदेखिबाट नै सञ्चालन हुने उहाँको भनाइ छ । बैठकमा ५ नम्बर वडा अध्यक्ष लक्ष्मी जिम्बाको सभाध्यक्षता भएको थियो ।

Exit mobile version