Home मुख्य समाचार पूर्वशिक्षकको निधनमा आधुनिकमा शोकविदा

पूर्वशिक्षकको निधनमा आधुनिकमा शोकविदा

हेटौँडा : हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी पूर्वशिक्षकको निधनको शोकमा आज शुक्रबार विद्यालयमा विदा दिइएको छ । विद्यालयको स्थापनाकालदेखि अध्यापन गर्नुभएकी शोभा जोशी आधुनिकबाटै सेवानिवृत्त हुनुभएको थियो ।

७३ वर्षको उमेरमा निधन भएको १३औं दिनको पूण्यतिथिमा शुक्रबार शोकसभाको आयोजना गरेर एक दिन विद्यालयमा शोक विदा दिइएको विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईले जानकारी दिनुभयो । २०२४ सालमा स्थापना भएको विद्यालयमा नियुक्त भई २०३७ सालमा स्थायी हुनुभएकी जोशीले २०६८ सालमा अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियो ।

Exit mobile version