हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरमा १३ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आज सार्वजनिक गरेको अनुसार आज १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ४९ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

गएको २४ घण्टामा जिल्लामा १७७ स्वाबको नमूना सङकलन भएको छ भने १ सय ७० स्वाबको नमूना परिक्षण गरिएको छ । मकवानपुरमा आज ५७ जना संस्थागत आइसोलेसन तथा १२५ जना होम आइसोलसनमा बसेका छन् ।